
झापा । झापामा चोरी गरेर गाई काटेपछि मंगलबार बेलुका पूर्वपश्चिम राजमार्ग केहीसमय अवरुद्ध भएको छ ।
गाई काटेको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि सुरुङ्गा बजारको अवस्था मंगलबार बेलुका तनावग्रस्त बनेको हो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । ७ सेल अश्रुग्यास पनि प्रहार गरेको थियो ।
गाई काटेको विरोधमा आन्दोलनमा उत्रिएको समूहलाई तितरवितर पारेपछि सडकको अवस्था सामान्य भएको झापा प्रहरी प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । गाई काटेको आरोपमा प्रहरीले स्थानीय एक पुरुषलाई नियन्त्रणमा पनि लिएको उनले बताए ।
प्रहरीका अनुसार चोरीको गाई काटेको आरोपमा पक्राउ पर्नेमा बाह्रदशी –४ ठेगाना भएका ४० वर्षीय बुदना आलमलगायत छन् ।

























