
विराटनगर । कोशी प्रदेशका खानेपानी सिचाई तथा उर्जामन्त्री एकराज कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीका विश्वासपात्र मन्त्री कार्की सार्वजनिक गरेको विवरणमा झापाको विर्तामोडमा एउटा घर देखाइएको छ ।
उनले श्रीमती र आफ्नो नाममा विर्तामोड बजारमा ८ वटा कित्ता नम्बरमा रहेका छुट्टा छुट्टै क्षेत्रफलका जग्गाको विवरण प्रस्तुत गरेका छन् ।
साढे १० तोल सुन रहेको विवरण सार्वजनिक गरेका कार्कीले एउटा गाडी र बैंक र व्यक्तीबाट एक करोड ५ लाख रुपैयाँ ऋण रहेको विवरण सार्वजनिक गरेका हुन् ।

























