चीनबाट फर्किएपछि परराष्ट्रमन्त्री राणाले भनिन्,‘ बीआरआई अनुदानमा लिने हो’

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १५, शनिबार १४:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि चीन पुगेर परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा नेपाल फर्किएकी छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन पुगेर फर्किएकी राणाले बीआरआई परियोजनाबाट नेपालले ऋण लिन नसक्ने बताएकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा उनले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को ऋण लिन सक्ने नेपालको अवस्था नरहेको बताएकी हुन् । उनले बीआरआई कार्यान्वयन दुवै देशको सहमतिमा अघि बढ्ने बताइन् ।

‘बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ र अहिले यसको कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेको छ,’ उनले भनिन् ,‘यो नेपाल र चीनबीचको सहमति समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुनेछ ।’

नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेकाले चीन सरकारसँग पनि यसै विषयमा कुराकानी भएको स्पष्ट गरिन् । चिनिया समकक्षीसँग दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको बताए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.