रंगेलीमा स्कुल बसलाई ‘साइड’ दिँदा ट्याक्टरले किचेर चालकको मृत्यु

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १५, शनिबार १५:४२

विराटनगर । मोरङको रंगेलीमा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । रंगेली नगरपालिका–८ चैनडाँडामा शुक्रबार दिउँसो १ः३० बजेतिर दुर्घटना भएको हो ।

चैनडाँडाबाट शान्ति चोकतर्फ जाँदै गरेको को २ त ३१७२ नम्बरको ट्याक्टर न्यू इङ्लिस बोर्डिङ स्कुलको बसलाई ‘साइड’ दिने (बाटो छाड्ने) क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । आफैं अनियन्त्रित भएर नालामा पल्टिएको ट्याक्टरले किचेर चालक रंगेली–८ शान्ति चोकका अन्दाजी ३७ वर्षीय लाला हेमरनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार हेमरनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेर ट्याक्टरमा सवार जहदा गाउँपालिका–७ सिसवनीका अन्दाजी ४५ वर्षीय मोन्सी मुर्मू घाइते भएको जोशीले बताए । सामान्य अवस्थाका मुर्मूलाई उपचारका लागि रंगेली अस्पताल पठाइएको छ ।

मृत्यु भएका ट्याक्टर चालकको साथमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फेला नपरेको प्रहरीले जनाएको छ । ट्याक्टर चालककै लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.