
विराटनगर । ग्रामथान गाउँपालिकाका उपनिर्वाचनमा ११ हजार ६ सय २८ मत खसेकाे छ । याे कुल मतदाताकाे करिब ४५ प्रतिशत मत हाे ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार दिउँसो १ बजेसम्म ११ हजार ६ सय २८मत अर्थात करिब ४५ प्रतिशत मत खसेकाे हाे । ५ हजार ८ सय २९ र पुरुष ५ हजार७ सय ९९ जनाले मतदान गरेका छन् ।
ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता रहेकाे ग्रामथानमा १२ मतदान स्थल र २९ वटा केन्द्र तोकिएको छ ।

























