ग्रामथानमा सर्वदलीय छलफल सुरु, १० बजेपछि मतगणना गर्ने

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १६, आइतबार २०:१९

विराटनगर । ग्रामथान गाउँपालिकाकाे अध्यक्षका लागि भएको उपनिर्वाचनकाे मतगणनाका लागि सर्वदलीय छलफल सुरु भएको छ । छलफलपछि राति १० बजेबाट मतगणना सुरु गर्ने तयारी छ ।

सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार ७१.३३ प्रतिशत मत खसेको छ । ७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता थिए । तीमध्ये १८ हजार ५ सय ७७ जना मतदानमा सहभागी भएको पौडेलले बताए ।

मतदानमा पुरुषभन्दा बढी महिला सहभागी भएका छन् । ९ हजार ६ सय ७७ जना महिला र ८ हजार ९ सय पुरुष मतदानमा सहभागी भएको जानकारी पौडेलले दिए ।

मतदाताको संख्या पनि पुरुषभन्दा महिलाको धेरै थियो । १३ हजार ४१ महिला र १३ हजार ३ पुरुष मतदाता रहेका थिए । मतदातामध्ये ७ हजार ४ सय ६७ जना मतदानमा सहभागी भएनन् ।

आज (आइतबार) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको थियो । ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम गरिएको थियो । विभिन्न दलबाट १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.