
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मतगणना सुरु भएको छ । आज राति साढे १० बजेपछि मतगणना सुरु भएको हो ।
२६ हजार ४४ मतदाता रहेको ग्रामथानमा आज भएको निर्वाचनमा १८ हजार ५ सय ७७ जनाले मतदान गरेका थिए ।
मतदानमा पुरुषभन्दा बढी महिला सहभागी भएका छन् । ९ हजार ६ सय ७७ जना महिला र ८ हजार ९ सय पुरुष भएका थिए ।
ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम थिए । अध्यक्षमा दलबाट १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार छन् ।

























