
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सुरु भएको छ ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका उनको प्रोस्टेटको शल्यक्रिया सुरु भएको हो ।
शल्यक्रियाको पूर्वतयारी अनुसार नै आज भर्ना गरेर उपचार सुरु गरिएको अस्पताललले जनाएको छ ।

























