यी हुन् बीआरआई ‘फ्रेमवर्क’भित्र समेटिएका १० परियोजना

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १९, बुधबार १५:४१

काठमाडौं । नेपाल र चीन सरकारबीच चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको छ ।

विभिन्न परियोजनालाई समेटेर बीआरआई सहकार्यको ‘फ्रेमवर्क’मा दुई देशबीच हस्ताक्षर भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली अहिले चीनको औपचारिक भ्रमणमा छन् । उनको भ्रमणकै क्रममा बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको थियो । तर, विभिन्न परियोजना समेटेर परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका नेसनल डेभलपमेन्ट उन्ड विकास रिफर्म कमिसनका उपाध्यक्ष लिउ सुशेले सहकार्यको ‘फ्रेमवर्क’मा हस्ताक्षर गरेका हुन् ।

बीआरआईमा नेपालले चीनसँग ऋण भन्दा पनि अनुदानमा पहल गर्ने कांग्रेस र एमालेबीच समझदारी भएको थियो। चीनले बीआरआई अनुदानमा दिन नसकिने स्पष्ट पारेको छ । लामो समयदेखि चर्चा र बहसमा रहे पनि बीआरआई सम्झौतामा ठोस प्रगति हुन सकेको थिएन ।

नेपालमा परियोजनाको भविष्यमाथि समेत प्रश्न उठ्न थालेको थियो । दुवै पक्ष बीआरआईको ‘फ्रेमवर्क’मा सहमत भएसँगै अन्योलता चिरिएको बताइन्छ ।

नेपालले बीआरआई सहकार्यको ‘फ्रेमवर्क’भित्र १० वटा परियोजना अघि सारेको छ । टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सीटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स बीआरआईमा समेटिएका हुन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.