
विराटनगर । विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत दुर्घटनाका घाइतेको बुधबार मृत्यु भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारस्थित काली मन्दिरअगाडि उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गदै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकापसमा ठोक्किएर मंसिर १३ गते दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको कोशी गाउँपालिका–८ का २६ वर्षीय आशिक भनिने रहिम आलम गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गोल्डेन अस्पताल ल्याइएको थियो ।
उक्त दुर्घटनामा स्कुटर चालक इटहरी–१३ का ५४ वर्षीय गोपाल रिजालको त्यही दिन मृत्यु भएको थियो । दुर्घटनामा स्कुटरको पछाडि सवार इटहरी–१३ की ३३ वर्षीया बबिता रिजाल र मोटरसाइकलको पछाडि सवार इटहरी–१४ की२५ वर्षीया विनिता पाठक घाइते भएका थिए ।

























