
काठमाडौं । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्रहरी जवान, कार्यालय सहयोगी (भान्से) र कुचीकारका लागि भर्ना खुलेको हो ।
फारम भर्न मंसिर २७ गतेदेखि पुस ७ गतेसम्मको समय दिएर प्रहरी जवान १ हजार १ सय ६५, कार्यालय सहयोगी ४७ र कुचीकार ११ जनाका लागि नयाँ भर्ना खुलाइएको छ । फारम भर्न जवानका लागि ३ सय रुपैयाँ दस्तुर तोकिएको छ भने एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका लागि प्रत्येक समूहमा थप ६० रुपैयाँ दस्तुर कायम गरिएको छ ।
कार्यालय सहयोगी पदका लागि २ सय रुपैयाँ दस्तुर तोकिएको छ । एकभन्दा बढी समूहमा दरखास्त दिनेका लागि प्रत्येक समूहमा थप ४० रुपैयाँ दस्तुर लाग्ने छ ।
जवानका लागि १८ वर्ष उमेर पूरा भइ २३ वर्ष ननाघेको र कार्यालय सहयोगीका लागि १८ वर्ष उमेर पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने छ ।
यस्तो छ भर्ना सम्बन्धी सूचना


























