
काठमाडौं । भुटानका राजा जिग्मे वाङचुक अहिले केही बेरअघि काठमाडौं आइपुगेका छन् ।
१९ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै ड्रुक एयरको विमानबाट उनी नेपाल आएका हुन् । भारत भ्रमण सकेर भुटानी राजा वाङचुक दिल्लीबाट सिधै काठमाडौं आएका छन् ।
राजासहितको टोलीलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आइपुगेका हुन् ।
उनले बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न कार्यक्रम छ। भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारीलगायत सदस्य रहेका छन्।
भुटानी राजाको भ्रमणलाई लक्षित गर्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । उनी आजै भुटान फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

























