कोशी प्रदेश : ३ जिल्लामा दुर्घटना हुँदा ४ जनाको मृत्यु

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २३, आइतबार १३:०७

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा दुर्घटना हुँदा शनिबार ४ जनाको मृत्यु भएको छ । झापा, सुनसरी र उदयपुरमा मानवीय क्षति हुने गरी दुर्घटना भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा ना ४ च ४०८४ नम्बरको छोटाहात्ती गाडीले ठक्कर दिँदा ६५ वर्षीय गर्वसिंह राईको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएका उनको उपचारका क्रममा बीर्तासीटी अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवा नगरपालिका–६ मा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएका अमरबहादुर अधिकारीको इनरुवा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको हरिनगरा गाउँपालिका–४ मा को १ ख ६४३१ नम्बरको टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । टिपरको ठक्करबाट साइकलमा यात्रा गरिरहेका देवानगन्ज गाउँपालिका–७ का ५० वर्षीय झलु उराउको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा बागमती प्रदेश ०१–००६ ख ५८७१ नम्बरको हायस गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएका त्रियुगा नगरपालिका–११ का ५५ वर्षीय परनसेर राईको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.