विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २३, आइतबार १७:२४

विराटनगर । विराटनगरमा आइतबार दिउँसो ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ हाटखोला बसपार्कनजिक दुर्घटना भएको हो ।

विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले बाटो क्रस गर्दै गर्दा मोरङको कानेपोखरी गाउँपालिका घर भएका अन्दाजी २६ वर्षीय माने भनिने मानबहादुर लिम्बूलाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार दिउँसो ४ः१० बजेतिर दुर्घटनामा परेर लिम्बू गम्भीर घाइते भएका थिए ।

उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ दिउँसो ४ः३५ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको डीएसपी जोशीले बताए । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।

ट्रकलाई नियन्त्रणमा लिइसकिएको र चालक फरार रहेकाले खोजी तीव्र पारिएको जानकारी जोशीले दिए । उनले घटनाको अनुसन्धान सुरु गरिएको बताए ।

clockप्रकाशित मिति:  २०८१ मंसिर २३, आइतबार १७:२४
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.