धराैटीमा छाड्ने आदेश भएपनि हिरासतबाट छुटेनन् दुर्गा प्रसाईं

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २७, बिहीबार १६:४९

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ४० हजार रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको हो । तर, उनी छुट्न पाएनन् ।

प्रसाईंमाथि आपराधिक विश्वासघातको कसूरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धन गरिरहेका कारण तत्काल नछुटेका हुन् ।

 प्रसाईं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुँयाल पक्राउ परेपछि प्रसाईं पनि सोही घटनामा मुछिएका थिए । फुँयालसँगै प्रसाईंमाथि पनि अनुसन्धान सुरु भएको थियो ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.