पत्रकार महासंघ मोरङको अध्यक्षमा पाठक निर्वाचित, महिला उपाध्यक्षलाई बराबर मत

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २९, शनिबार ०९:१३

विराटनगर । नेपाल पत्रकार महासंंघ मोरङको अध्यक्षमा शुशीला पाठक निर्वाचित भएकी छन् । प्रेस चौतारी र प्रेस युनियन गठबन्धनबाट उम्मेदवार बनेकी पाठक ११७ मतसहित निर्वाचित भएकी हुन् ।

उनका प्रतिस्पर्धी नवराज कट्टेलले ५९ मत प्राप्त गरे । महासंघको उपाध्यक्षमा सन्तोष सिग्देल १०१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी उत्तम पोखरेलले ५८ र सरोज बस्नेतले १७ मत प्राप्त गरे ।

महिला उपाध्यक्षमा तारा आचार्य र विनु तिम्सिनाले बराबर मत ल्याए । दुवैको मत ८२–८२ छ । महिला उपाध्यक्ष रन्जिता पोखरेलले १५ मत प्राप्त गरे ।

सचिवमा नेत्र अधिकारी १०९ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अनिल श्रेष्ठले ७२ मत प्राप्त गरे । सहसचिवमा श्यामसुन्दर सुतिहार र रेवती निरौला विजयी भए । समावेशीमा ९३ मतसहित सुतिहार निर्वाचित हुँदा नविन कर्णले ७८ मत ल्याए । सहसचिव खुल्लामा निरौला ९२ मतसहित विजयी हुँदा प्रेम देवानले ५७ सोनुकुमार दासले १७ र तेजन खड्काले १० मत प्राप्त गरे ।

कोषाध्यक्षमा कौशल निरौला १३१ मतसहित विजयी भए । पदम सरदारले ३७ मत प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.