
काठमाडौं । बाजुराको पूर्वी उत्तरी भेग जगन्नाथ गाउँपालिकामा भूकम्प गएको छ ।
गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । यो शक्तिशाली भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।
शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए ।
भूकम्पको क्षतिको विवरण संकलन भएको छैन । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको थियो ।
भूकम्पले मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार भौतिक क्षतिको विवरण सङ्कलन हुँदै छ ।

























