देशका विभिन्न स्थानमा हिउँदे वर्षा र हिमपात, कस्तो रहला आजको मौसम ?

Share this
627shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १०, बुधबार ०७:३८

काठमाडौं । सुदूरपश्चिम क्षेत्रबाट शुरू भएको मौसम बदलीका कारण देशका विभिन्न स्थानमा हिउँदे वर्षा भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।

पश्चिम न्यूनचापीय प्रणालीका कारण मंगलबारदेखि वर्षा भएको हो । काठमाडौं उपत्यकामा पनि पहिलो हिउँदे वर्षा भएको थियो ।

आजदेखि भने मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार हाल कर्णाली, गण्डकी र बागमती प्रदेशमा बदली भई बादल लागेको छ ।

लुम्बिनीमा आंशिक बदली छ । तर, तत्काल पानी पर्ने सम्भावना भने छैन । बिहीबारसम्म मौसम खुल्ने र शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि अर्को पश्चिमी वायुको प्रभाव शुरू हुने मौसमविद् बताउँछन् ।

ुशुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभाव शुरू हुने र पश्चिम नेपालमा वर्षा हुने देखिन्छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.