
काठमाडौं ।भारतीय गायक सोनु निगम सहभागी हुने कन्सर्टका लागि राखिएको मदिराजन्य विज्ञापन बोर्ड काठमाडौं महानगरपालिकाले हटाएको छ ।
काठमाडौ –६ स्थित बौद्ध ह्यात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा राखिएका मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको हो ।
महानगरपालिकाका अनुसार अनधिकृत रुपमा राखिएका १ सय ५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाइएको छ ।
यो कन्सर्टमा भारतीय गायक सोनु निगमले प्रस्तुती दिँदैछन् ।

























