धनुषामा महिलाको हत्या

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ११, बिहीबार ०९:३७
सांकेतिक तस्बिर

जनकपुरधाम । धनुषा धनुषाको मिथिला नगरपालिका ३ हरिपुरकी ४८ वर्षीया रेशमी देवी बिनको शव गाडेको अवस्थामा फेला परेको छ । हत्या गरी आफ्नै घरको शौचालय पछाडि खाल्डो खनेर गाडेको अवस्थामा उनको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहका अनुसार हत्या आरोपमा उनका श्रीमान दशैया पक्राउ परेका छन् । उनले घरायसी विवादमा हत्या गरेको स्वीकार गरेका छन् । दशैयाकै बयानका आधारमा रेशमीको शव फेला परेको हो ।

बुधबार दिउँसो १२ बजेसम्म श्रीमान्–श्रीमतीबीच झगडा भएको थियो । बेलुका बुहारीले खाना खाने बेला सासु खोजेपछि घटना बाहिर आएको थियो । शव उत्खनन गरी प्रहरीले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.