बेलबारीबाट ट्याक्टरसहित १७९ क्युफिट काठ नियन्त्रण

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १५, सोमबार १७:४७

विराटनगर । सेक्टर वन कार्यालय बेलबारीले ट्याक्टरमा लोड गर्दै गरेकाे अवस्थामा १७९ क्युफिट काठसहित ट्याक्टर नियन्त्रणमा लिएकाे छ ।

बेलबारीमा रहेको सृजना सामुदायिक वन उपभोक्ता समूहबाट कटानका लागि भन्दै बेलबारी नगरपालिका– ८ मा रहेको देवी काष्ट उद्योगमा लगिएकाे काठ अन्यन्त्र लैजाने तयारी गर्दैगर्दा सेक्टर वन कार्यालयकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे ।

सामुदायिक वनबाट उपभोक्ताले खरिद गरेकाे काठ  वनमा सूचीकृत भएको बाहेक अन्यन्त्रको काठ मिलमा लैजान मिल्दैन । साेमबार बेलबारीबाट बाहुनी लैजाने तयारी गरेपछि स्थानीयले विराेध गरेका थिए । सोधीखोजी गर्दा बाहिर बिक्री गरेकाे देखिएपछि सेक्टर वनकाे टाेलीलाई खबर गरेका थिए ।

वनले नियन्त्रणमा लिएकाे काठका विषयमा अनुसन्धान भइरहेकाे प्रमुख दिपेश मिश्रले जानकारी दिए ।

उपभाेक्ता समितिले शोभा भुर्तेलको नाममा काठ बिक्री गरेकाे थियाे । उपभोक्ता समिति र काठ व्यावसायी मिलेर काठ तस्करी गर्न खोजिएको स्थानीयको दाबी छ ।

वन उपभोक्ता समिति अध्यक्ष देउमान लिम्बुले उपभोक्तालाई बिक्री  भएकाे काठ अन्यन्त्र काठ लैजादै गर्दा वनकाे टाेलीले  समातेकाे बताए । उनका अनुसार उपभोक्ताले वनबाट सस्तोमा काठ पाउने भएका कारण उपभोक्ताले खरिद गरेर बाहिर बिक्री गर्ने सम्भावना रहन्छ । काठ निकासीमा मिलेमताे नभएकाे उनकाे दाबी छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.