
काठमाडौँ । सशस्त्र प्रहरीले १ हजार १ सय ७९ जना कर्मचारी माग गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ३६ सहित ६८ जना, सहायक निरीक्षक पदमा खुला ४५ सहित ८३, सशस्त्र प्रहरी जवान पदमा खुला ५०७ सहित ९४१ र परिचर पदमा खुला ४७ सहित ८७ जनाका लागि भर्ना खुला गरेको हो ।
परिचरतर्फ भान्छे, कुचीकार, सूचिकार, केशकर्तक, चर्मकर्मीका लागि भर्ना खुलेको छ ।
सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर पदका लागि पुस २४ गतेदेखि माघ २४ गतेसम्म अनलाइनमार्फत दरखास्त फारम बुझाउन सकिने छ ।

























