
विराटनगर । नेपालको अधिकांश भागमा देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जसकारण गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
दिउँसो देशभरको मौसम सामान्यतया सफा रहनेछ । तर, राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना छ । राति पनि केही स्थानमा आंशिक बदलीको सम्भावना छ ।

























