भूकम्पकाे केन्द्रबिन्दुविराटनगर । नेपालसँग सीमा जोडिएको चीनको तिब्बत केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएकाे छ ।
तिब्बतको दिंगे कान्टी क्षेत्रमा आज बिहान ७ म्याग्निच्युडको भूकम्प गएको हो । शक्तीशाली भूकम्पको धक्का नेपाल भारत र बंगलादेशमा पनि महसुस भएको थियो ।
खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको महसुस पूर्वी नेपालमा धेरै भएकाे थियाे । धक्का भने नेपालका अधिकांश ठाउँमा महसुस भएको थियो ।
भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।

























