तिब्बतमा शक्तिशाली भूकम्प : कोशी प्रदेशमा यस्ताे छ क्षतिकाे विवरण

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २३, मंगलबार १३:२५
साेलुखुम्बुमा भूकम्पले भत्काएकाे एउटा घरकाे पर्खाल

विराटनगर । मंगलबार बिहान गएकाे भूकम्पका कारण काेशी प्रदेशका पहाडी जिल्लामा सामान्य क्षति पुगेकाे छ ।  प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशका केही जिल्लाका घरहरुमा क्षति पुगेकाे हाे ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङका केही घरमा भूकम्पले क्षति पुगेको विवरण छ ।

ओखलुढंगाको चिसाङ्खुगढी ५ का इन्द्रबहादुर परियारको घरमा पूर्ण क्षति भएको छ । सिद्धिचरण नगरपालिका– २ का हिमाल कार्की र खानीगाउँका चन्द्रबहादुर पुलामीको घरमा आसिंक क्षति घरमा क्षति पुगेको छ ।

सोलुखुम्बुकाे खम्बुपासङ लाम्यु गाउँपालिका– ५ का डिमा शर्माको घरमा क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका– ७ का हर्कबहादुर खत्री र थामे प्रहरी पोष्टको कार्यालय भवनमा पनि क्षति पुगेको छ ।

ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ । संखुवासभाको भोटखोला–१ किमाथांका का तेन्छेदी शेर्पाको घर भत्किएको छ ।

आज बिहान ६ः५० मा भूकम्पको ठूलो धक्का महसुस भएको थियो । भूकम्पमा परी चीनकाे तिब्बतमा मात्रै ५३ जनाकाे मृत्यु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.