कञ्चनजंघा आधार शिविरमा साहसिक हाफ म्याराथन हुँदै

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ५, सोमबार १२:१९

विराटनगर। ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको आयोजनामा ‘कञ्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता’ हुने भएको छ।

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधारशिविरमा प्रतियोगिता हुन लागेको हो। गाउँपालिकाका उपाध्यक्ष चित्र माबोका अनुसार सिरिजंघा महोत्सव–२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने छ।

कञ्चनजंघा आधार शिविर क्षेत्रमा समुद्र सतहदेखि ४ हजार ५०० मिटर उचाइमा प्रतिस्पर्धा गराइने गाउँपालिकाले जनाएको छ। म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई २ लाख ८ हजार ५ सय ८६, दोस्रो हुनेलाई १ लाख ८ हजार ५ सय ८६ तथा तेस्रो हुनेलाई ८५ हजार ५ सय ८६ पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

कार्यपालिकाको निर्णयअनुसार प्रतियोगिता नयाँ झोरेनी, कस्तुरेडाँडा, झण्डेडाँडा, सिन्दुरे ढङ्गा, तुप्लुङ, दुण्डुडाँडा, ढाउँ चौक, भेडी चोकहुँदै मछेवा पुग्ने २४ किलोमिटर दूरीमा सञ्चालन गरिने छ।

गाउँपालिकाले प्रतियोगितासँगै माउन्टेन साइक्लिङ कार्यक्रम पनि आयोजना गरिने जनाएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन, अवलोकन तथा साहसिक पदमार्गको अनुगमनसमेत गर्न सकिने आयोजकको अपेक्षा छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.