
काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा कीर्गिस्तानलाई १–० गोलले पराजित गरेको हो ।
११औं मिनेटमा विमला चौधरीले गरेको गोल नै निर्णायक बन्याे । त्यसपछि पटक–पटक गोल गर्ने अवसर पाएपनि नेपालले सदुपयोग गर्न सकेन ।
जितसँगै नेपालले तीन अंक हासिल गरेको छ ।
आज दिउँसो भएको खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको थियो ।



















