विराटनगरको गोल्डेन अस्पताल १४ वर्षमा प्रवेश, क्याथ ल्याब र आईभीएफ सञ्चालको तयारी

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ११, आइतबार १८:३४

विराटनगर । विराटनगरको गोल्डेन अस्पताल प्रा.लि आज (आइतबार)बाट १४ वर्षमा प्रवेश गरेको छ ।

१४ औं वार्षिकोत्सवको अवसरमा भाडाको घरबाट अत्याधुनिक कर्पोरेटको अवस्थामा अस्पताल पुगेको जानकारी दिइयो । सुरुमा विराटनगर महानगरपालिका–७ स्थित अस्पताल चोकमा भाडाको घरमा अस्पताल सञ्चालन गरिएको थियो । अहिले विराटनगर–११ जनपथमा अत्याधुनिक १ सय शैयाको आफ्नै भवन रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत जियाउल हकले जानकारी दिए ।

‘सुरुमा भाडाको घरबाट सञ्चालित थियो । अहिले आफ्नै अत्याधुनिक भवनबाट सेवा दिइरहेको छ । स्वास्थ्य सेवामा नवीनतम प्रविधि अपनाइएको छ,’ उनले भने । हकका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) एकीकृत १९२–स्लाइसको सीटी स्क्यान, एमआरआई, मोडयुलर ओटी, एड्भान्स आईसीयू, एनआईसीयू, एचडीसीयूजस्ता अत्याधुनिक प्रविधि अस्पतालमा उपलब्ध छन् ।

अस्पतालका सञ्चालक एवं वरिष्ठ चिकित्सक डा. श्यामकुमार रौनियारले अस्पतालले १४ वर्षको अवधिमा धेरै उतारचढाव झेल्नु परेको सुनाए । ‘हाम्रो प्रमुख उद्देश्य मेडिकल कलेजभन्दा किफायती दरमा आमनागरिकलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु हो । हामीसँग नेपालकै सबैभन्दा उत्कृष्ट ‘सुपर स्पेसियालिटी’ टिम, सर्वश्रेष्ठ ट्रमा, न्युरो तथा आरटीए म्यानेजमेन्ट टिम, उपलब्ध छन्,’ उनले भने ।

डा. रौनियारका अनुसार १३ वर्षदेखि निरन्तर र पूर्वमै पहिलो मिर्गौला रोग विशेषज्ञसहितको सेवा अस्पतालले दिएको छ । अस्पतालको सेवा नेपालीहरुमा मात्रै सीमित छैन । छिमेकी भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बंगाललगायतका बिरामीको पनि पहिलो रोजाइमा पर्ने उनले बताए । उपचारमा आउनेमध्ये भारतका करिब ४० प्रतिशत हुने गरेका छन् ।

अस्पतालले आफ्ना सेवाहरूलाई निरन्तर सुधार गर्दै चिकित्सक, दक्ष स्वास्थ्यकर्मी र अत्याधुनिक प्रविधिलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको डा. रौनियारको भनाइ छ । उनका अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन लिएर गत मंसिर २१ गतेबाट कलेज सञ्चालन गरी डिप्लोमा इन फार्मेसी, पसीएल नर्सिङ र पीसीएल जनरल मेडिसिन कार्यक्रम सुरु गरिएको छ ।

अस्पतालले अझै सेवा विस्तार गर्ने लक्ष्य लिएको बताउँदै डा. रौनियारले आगामी वर्षबाट क्याथ ल्याब र आईभीएफ सेवा उपलब्ध गराइने बताए । ‘क्याथ ल्याब सेवा सञ्चालन गरी मुटु रोगीका लागि अझ सुलभ उपचार तथा आईभीएफ सेवा सुरु गरी निःसन्तान दम्पतीलाई अभिभावक बन्ने सपना साकार पार्ने योजना छ,’ उनले भने ।

उनले अझै विश्वस्तरीय, गुणस्तरीय र नवीनतम सेवा दिने प्रतिबद्धता पनि जनाए । ‘अस्पतालले जनताको विश्वास जितेको छ । जनतालाई सर्वसुलभ सेवा दिन हामी तयार छौं,’ डा. रौनियारले भने ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×