स्वास्थ्य सचिव र अतिरिक्त सचिवको अवकाश

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन १२, सोमबार ०६:३७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र स्वास्थ्यतर्फकै अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहले सेवाबाट अवकाश पाएका छन् ।

उनीहरु सेवा र उमेर अवधिका कारण अनिवार्य अवकाशमा गएका हुन् । दुवै जनालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिदाइ गरेको छ ।

डा. पोखरेल २०७८ साउन ४ गते स्वास्थ्य सचिव नियुक्त भएका हुन् । बिदाइ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल तथा मन्त्रालयका जनसंख्या तर्फका सचिव हरिप्रसाद मैनालीले आगामी दिनको शुभकामना दिँदै बिदाइ गरेका छन् ।

डा. पोखरेल र डा. सिंह २०७६ फागुन १२ गते विशिष्ट श्रेणीको प्रमुख विशेषज्ञ पदमा बढुवा भएका थिए । मन्त्रालयबाट दुवै जनाको बिदाइ भएसँगै सचिव र अतिरिक्त सचिवको पद रिक्त भएको छ ।

मन्त्रालयमा कार्यरत अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र, डा. विकास देवकोटा र डा. टंक बाराकोटी सचिवको प्रतिस्पर्धामा छन् । अतिरिक्त सचिव मिश्र बढुवाको पहिलो वरीयतामा छिन् ।

डा. देवकोटा दोस्रो र बाराकोटी तेस्रो वरीयतामा छन् । देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुन् । बाराकोटी मन्त्रालयकै अतिरिक्त सचिव छन् ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×