केपी ओली कप : आयोजक र आर्मी सेमिफाइनलमा

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १२, सोमबार १७:५९

काठमाडौं । काठमाडौंमा जारी ‘केपी शर्मा ओली कप फुटबल’ प्रतियोगितामा आयोजक केपी ओली फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । 

प्रतियोगिताअन्तर्गत सोमबार (आज) एन्फा कम्प्लेक्समा भएको खेलमा आयोजकले न्यू रोड टिम (एनआरटी) लाई १–० गोल फरकमा पराजित सेमिफाइनलको यात्रा तय गरेको हो । 

दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा आयोजकका सुरजले फ्रिकिक क्लियर हुन नसकेको बलमा गोल गरे ।

पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार गोलरक्षक विशाल सुनारले बचाउन सकेनन् ।

यसअघि, सोमबार नै भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० गोलमा हरायो । आर्मीका लागि नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे ।

आर्मीले सेमिफाइनलमा संकटा र एपीएफको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा आयोजकले मछिन्द्र र भुटानको ट्रान्सपोर्ट युनाइटेडको विजेताको खेल्ने छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.