विराट गोल्डकप आफ्नो पोल्टामा पार्ने दाउमा चर्च ब्वाइज र थ्रीस्टार 

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २७, मंगलबार १८:०८

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकप प्रतियोगिताको उपाधि जित्ने काठमाडौंको चर्च ब्वाइज युनाइटेड र काठमाडौंकै थ्रीस्टार क्लबले दाबी प्रस्तुत गरेका छन् । 

प्रतियोगिताको उपाधि जितका लागि दुवै टोलीले बुधबार साँझमा खेल्ने छ । चर्च ब्वाइज सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने थ्रीस्टार विराट गोल्डकपको ५ औं संस्करणको विजेतासमेत हो । 

दुवै टोली उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । चर्च ब्वाइजले पहिलो पटक गोल्डकपको उपाधि जितको लक्ष्य राखेको छ भने  थ्रीस्टार दोस्रो पटक उपाधि हात्याउने सोचमा रहेको छ ।  

थ्रीस्टारले मछिन्द्र र विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै फाइनलमा पुगको हो । थ्रीस्टारले क्वाटरफाइनलमा मछिन्द्रलाई २–१ गोल र सेमिफाइनलमा आर्मी क्लबलाई ३–२ गोलले हराएको थियो ।  

त्यस्तै, विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र विभागीय टोली नेपाल पुलिसलाई हराउँदै फाइनलमा पुगेको हो । चर्च ब्वाइजले क्वाटरफाइनलमा एनआरटीलाई २–० गोल र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएको थियो । 

दुवै टोली यो सिजनमा पहिलो पटक मैदानमा भेट्दैछन् । चर्च ब्वाइजले यो सिजनमा ४ वटा गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएको छ ।

यो सिजनमा ९ वटा खेलमा ८ वटा गोल्डकपको फाइलनमा पुग्दा ३ वटामा उपाधि जितेको छ । जसमध्ये फिदिम फाल्गुनन्द, झापा कप र बागमती गोल्डकपको उपाधि जितेको छ । 

मंगलबार विराटनगरस्थित सहिद रंगशालमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि आआफूले जित्ने दाबीका साथ मैदानमा उत्रने बताए । 

चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलो पटक फाइलनमा पुगेको र टोलीको लक्ष्य भनेकै उपाधि जित्नु हो । ‘यो सिजनमा हामीले मोफसलमा ३ वटा गोल्डकपको उपाधि जितेका छौं । यहाँ उपाधि उचालेर इतिहास रच्ने हाम्रो लक्ष्य हो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘यो गोल्डकपसहित यो सिजनको ४ वटा उपाधि हामी जित्ने योजनामा छौं ।’ 

चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । पहिलो पटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले उपाधि जित्ने विश्वास व्यक्त गरे ।

‘थ्रीस्टार पनि राम्रो टिम हो । फाइलनमा हामी टेक्निकल खेल प्रदर्शन गर्ने छौं र उपाधि जित एक मात्रै लक्ष्य रहेको छ,’ उनले भने । 

थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले  मोफसलमा हुने प्रतिष्ठित विराट गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

उनले, ‘फाइलनमा हामीले क्याप्टेन योगेश गुरुङलाई धेरै मिस गर्ने छौं । डबल पहेंलो कार्ड पाएकोले फाइनल खेलका दिन मैदानमा उनको अभाव खट्ने छ । तर, पनि हामी उत्कृष्ट खेलाडी ल्याउने छौं ।’ 

फाइलनमा कसको कप्तानीमा टोली मैदानमा आउने छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले हामी टिमवर्क गर्दै छौं फाइनलमा कसलाई कप्तानको जिम्मेवारी दिने भनेर । खेल सुरुहुनु अघि मात्रै थाहा हुनेछ ।’ 

थ्रीस्टारका कप्तान योगेश गुरुङले आफू फाइनलमा नखेले पनि राम्रो टिमवर्क भएकोले उपाधि जित्ने विश्वास गरे । मेरो स्थानमा राम्रै खेलाडी मैदानमा आउने र टोली बलियो बन्न भएकोले उपाधि जितमा ढुक्क छु ।’ 

फाल्गुन १९ गतेबाट सुरु भएको गोल्डकपमा २ विदेशीसहित ‘ए’ डिभिजनका १० टोलीको सहभागिता थियो ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गर्नेछन् । व्यक्तगत विधातर्फ उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही १५–१५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

तपाइको प्रतिक्रिया
सीओपीडी रोगको जोखिम र समयमै उपचारबारे जनचेतना र्‍याली
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.