विराट गोल्डकपको फाइनल आज

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २८, बुधबार ०७:२४

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र काठमाडौंकै थ्रीस्टार क्लब भिड्नेछन् ।

चर्च ब्वाइज सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने थ्रीस्टार विराट गोल्डकपको ५ औं संस्करणको विजेतासमेत हो । चर्च ब्वाइजले पहिलो पटक गोल्डकपको उपाधि जितको लक्ष्य राखेको छ भने थ्रीस्टार दोस्रो पटक उपाधि हत्याउने योजनामा छ ।

थ्रीस्टारले मछिन्द्र र विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै फाइनलमा पुगको हो । थ्रीस्टारले क्वाटरफाइनलमा मछिन्द्रलाई २–१ गोल र सेमिफाइनलमा आर्मी क्लबलाई ३–२ गोलले हराएको थियो ।

विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र विभागीय टोली नेपाल पुलिसलाई हराउँदै फाइनलमा पुगेको हो । चर्च ब्वाइजले क्वाटरफाइनलमा एनआरटीलाई २–० गोल र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएको थियो । फाल्गुन १९ गतेबाट सुरु भएको गोल्डकपमा २ विदेशीसहित ‘ए’ डिभिजनका १० टोलीको सहभागिता थियो ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गर्नेछन् । व्यक्तगत विधातर्फ उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पुरस्कार प्राप्त गर्ने छन् ।

तपाइको प्रतिक्रिया
सीओपीडी रोगको जोखिम र समयमै उपचारबारे जनचेतना र्‍याली
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.