मिल्स गोल्डकपकाे उद्घाटनमा फ्युजन र  प्रोग्रेसिल युवा भिड्दै 

Share this
809shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २, शनिबार १९:१७

विराटनगर । मिल्स गोल्डकप फुटबलको ५ औं संस्करणको आइतबार हुने उद्‌घाटन खेल सप्तरी फत्तेपुरको प्रोग्रेसिल युवा क्लब र उदयपुरको फ्युजन फुटबल क्लबबीच हुनेछ ।  

मिल्स गोल्डकप फुटबल ट्रस्टले विराटनगरको जुट मिलको खेल मैदान आयोजना गर्न लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ट्रस्ट अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।

उनका अनुसार चैत १० गतेसम्म हुने प्रतियोगितामा भारत विहारसहित सप्तरी, उदयपुर, मोरङ र सुनसरी गरी ८ टोलीको सहभागिता रहेको छ । 

प्रतियोगितामा भारत विहारको वाइएससी खोखा झिल कटिहार, सप्तरीको प्रोग्रेसिल युवा क्लब, उदयपुरको फ्युजन फुटबल क्लब, सुनसरी इटहरीको टीएफसी तालतलैया, मोरङको लेटाङ फुटबल क्लब, विराटनगर मिल्स एरियाको लाली गुराँस स्पोर्टिङ क्लब, कोशी प्रदेश कार्यालय विराटनगर र विराटनगरकै पेमा स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएका छन् । 

प्रतियोगिताको विजेताले १ लाख १ हजार, उपविजेताले ५१ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् । प्लेयर अफ द म्याच हुने खेलाडीले २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । 

गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले जितेको थियो । फाइनलमा एपीएफले घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३–१ गोलले पराजित गरेको थियो ।

यस प्रतियोगिताको आयोजनाका लागि करिब १५ लाख रुपैयाँ बढी खर्च हुने अनुमान गरिएको ट्रस्टले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सीओपीडी रोगको जोखिम र समयमै उपचारबारे जनचेतना र्‍याली
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.