परिवारसहित घुम्न गएका न्यौपानेको आतंकवादी हमलामा मृत्यु 

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १०, बुधबार १२:४१

काठमाडौं । बुटबल घर भएका सुदीप न्यौपाने परिवारसहित भारतको जम्मू –कश्मिर घुम्न गएका थिए । 

जम्मू –कश्मिर घुम्न जाने क्रममा आतंकवादी हमलामा न्यौपानेसहित अन्य २७ जनाको मृत्यु भएको छ  । न्यौपाने नेपालका हुनभने घटनामा परेर मृत्यु हुनेमा भारतीय र अन्य तेस्रो मुलुकका नागरिक रहेको बताइएको छ । सबै जना घुम्न गएको खुलेको छ ।
बुटवल उपमहानगरपालिका –१४ का वडाअध्यक्ष दधिराम न्यौपानेले जम्मू –कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा २७ वर्षीय न्यौपानेको मृत्यु भएको पुष्टि गरेका हुन् । 

वडाध्यक्ष न्यौपानेका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मिर घुम्न गएका थिए । सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको उनले बताए । परिवारका अन्य सदस्य भने सकुशल रहेका छन् । 

मंगलबार दिउँसो ३ बजेतिर बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो । घटनामा अन्य धेरै जना घाइते भएका छन् । आक्रमणको जिम्मा लश्कर–ए–तैयबा समूहले लिएको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.