सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्नेहरू पक्राउ

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १६:१६

काठमाडौँ । टिकटक र फेसबुक अकाउन्टबाट पेस्तोलसहित हतियार प्रदर्शन गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तुको शुद्धोधन गाउपालिका–३ असैरना बस्ने २१ वर्षीय दुर्गेश यादव र उक्त पालिकाकै वडा ४ का २५ वर्षीय अनिलकुमार कहारले आफ्नो फेसबुक एकाउन्टमा हातहतियार प्रदर्शन गरेको फोटो तथा भिडियो बनाई बुधबार अपलोड गरेका थिए ।

दुबैले कम्मरमा पेस्तोल बाँधेको फोटो र भिडियो पोस्ट गरेका थिए । उनीहरूले बनाएको भिडियोबाट स्थानीयमा डरत्रास र आतंक सिर्जना भएको सूचना पाएपछि प्रहरी चौकी, लबनीबाट खटिएको टोलीले दुबैलाई घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक निरञ्जनदत्त भट्टले बताए ।

यसअघि बैशाख ७ गते टिकटक एकाउन्टबाट हतियारसहित पेस्तोल गर्ने शुद्धोधन गाउँपालिका–६ महादेवका २१ वर्षे रघुबिन्द यादव पक्राउ परेका थिए । तीनै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.