पेस्तोल र गोलीसहित दुई भारतीय पक्राउ

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १७:०७

सिरहा । सिरहाको सीमावर्ती क्षेत्रबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ परेका छन् । बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित नरगी चोकबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू भारत, बिहार राज्यको मधुवनी जिल्लास्थित पिपराही ग्रामपञ्चायत–२, कमलपुरका १९ वर्षीय राजिव सिंह र प्रिन्स सिंह हुन् ।

उनीहरूलाई गत सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा आएका उनीहरूलाई नरगी चोकमा शंका लागेर जाँच गर्दा प्रिन्स सिंहको कम्मरमा लुकाइएको एक थान पेस्तोल र ट्र्याकसूटमा लुकाइएको एक थान गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।

सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.