उदयपुरमा भरुवा बन्दुकसहित १ जना पक्राउ 

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १२, शुक्रबार १४:५७
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । उदयपुरको रौतामाई गाउँपालिका –७ बाट भरुवा बन्दुकसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरगढी –७ का २६ वर्षीय सन्तोष मगरलाई भरुवा बन्दुकसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।

उनका अनुसार मगर बिहीबार राति पौन १२ बजेतिर २ थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

गाईघाटबाट नेपालटारतर्फ जाँदै गरेको प्र ३–०२–०१३ प ३३८४ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोस्ट संगम चोकको टोलीले चेकजाँचका क्रममा मगरले लुकाइ ल्याउँदै गरेको २ थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.