
काठमाडौं । म्याग्दीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् राजु विकलाई प्रहरीले पक्राउ गरेको छ ।
रघुगंगा गाउँपालिका –६, ठाडाखानी घर भइ बेनी नगरपालिका –७ मंगलाघाट आरन टोलमा बस्ने ४० वर्षीय राजु विकले २७ वर्षीया श्रीमती भगवती विकको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार राति मदिरा सेवन गरेका राजुले श्रीमतीलाई दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
श्रीमतीको हत्या गरेपछि श्रीमती बिरामी छ भन्दै रित्तो खुट्टा बजारतिर आएका राजु हाँडेभिरमा बिहान चपल मागे जंगलमा लुकेको अवस्थामा प्रहरीले सूचना पाएको २ घण्टाभित्रै नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

























