विराटनगरबाट नक्कली नोटसहित भारतीय युवती पक्राउ

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार १२:४२

विराटनगर । विराटनगरबाट नक्कली नोटसहित १ जना भारतीय युवती पक्राउ परेकी छन् ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार विराटनगर महानगरपालिका–१३ बाट भारत बिहार अररियाकी १९ वर्षीया सिम्पी बैसन्ती पक्राउ परेकी हुन् । विराटनगर–१३ स्थित एउटा किराना पसलमा सामान किन्ने क्रममा उनले बुधबार भारतीय ५ सय रूपैयाँको नोट दिएकी थिइन् ।

उक्त नोट नक्कली रहेको आशंकामा पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बैसन्तीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट ५ सय दरका ७ वटा भारतीय नोट फेला परेको एसएसपी दाहालले बताए ।

उनको साथबाट ३ हजार १ सय नेपाली रूपैयाँसमेत प्रहरीले बरामद गरेको छ । बैसन्तीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.