नाबालकसहित ४ जना पक्राउ

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार १२:२७
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

बारा । प्रहरीले नाबालकसहित ४ जनालाई पक्राउ गरेर हिरासतमा लिएको छ । पक्राउ परेकामाथि गम्भीर अपराधको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

बाराको कलैया उपमहानगरपालिका–१८ का सुधीरप्रसाद साहको अपहरणमा संलग्न भएको अभियोगमा नाबालकसहित ४ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी सुवास भट्टका अनुसार अपहरणमा परेका साहलाई वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एउटा घरबाट उद्धार गरिएको छ ।

साहलाई मंगलबार राति प्रहरीले उद्धार गरेर उनको अपहरणमा संलग्न भनिएका रिकेशकुमार गुप्ता, राजन गुप्ता र सिकेन्द्र साहलाई पक्राउ गरेको हो । नाबालकको पहिचान गोप्य राखिएको छ ।

पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । साहलाई अपहरण गर्नुको कारण हालसम्म खुल्न सकेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.