सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अनुमति 

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १९, शुक्रबार १९:०६

काठमाडौं । सांसद माया राईलाई सहकारी ठगी प्रकरण र संगठित अपराधको कसुरमा थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले सांसद राईमाथि अनुसन्धानका लागि थप ५ दिनको म्याद थपेको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेसकी सांसद माया राईलाई यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । उनी १३ वैशाखमा पक्राउ परेकी थिइन् ।

राईमाथि स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा गरेको आरोप छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.