नीलगाई मारेको आरोपमा गोलीसहित १ जना पक्राउ

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २१, आइतबार १९:११

काठमाडौं । कपिलवस्तुको महाराजगन्जको उखु बारीमा २ वटा नीलगाई मारेको आरोपमा प्रहरीले १ जनालाई गोलीसहित पक्राउ गरेको छ ।

शिवराज नगरपालिका –२ हरौहवाका ५२ वर्षीय फरहान खानलाई नीलगाई मारेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शनिबार मध्य रातमा महाराजगन्ज नगरपालिका –६ सानो बुटहनियास्थित उखु बारीमा गोली पड्केको आवाज आएपछि स्थानीले प्रहरीलाई खबर गरेको बताइएको छ ।

तत्कालै प्रहरी पुगेर हेर्दा २ वटा भाले जातका नीलगाई मरेको अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत अवस्था भेटिएको नीलगाईलाई गोली प्रहार गरी हत्या गरेको देखिन्छ ।

नीलगाई मार्ने सिकार धेरै टाढा नपुगेको अनुमानका आधारमा खोजी गर्नै क्रममा सिकारीहरूको टोली बा. १७ च ८९० नम्बरको गाडी,  भारती नम्बरको यूपी ५५ आर ६१७६ नम्बरको पिक अप गाडी तथा लु ५० प ४१२ नम्बरको मोटरसाइकल र  १ भारतीय नम्बरको मोटरसाइकल उखुबारीमा फेला परेको थियो ।

घटनास्थल नजिकबाट पक्राउ परेका खानको साथबाट ६ राउन्ड गोली, ४ थान खोका, चक्कु, मोबाइल फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अरूको खोजी कार्य तीव्र पारिएको छ ।

पक्राउ परेका खानलाई थप अनुसन्धान र कारबाहीका लागि गौतम बुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटामा बुझाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.