जबरजस्ती करणीका अभियुक्त कतारमा पक्राउ

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २६, शुक्रबार १३:१४
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेर फरार रहेका पर्साको वीरगञ्ज महानगरपालिका–३१ बेलवाप्रसौनीका समसुद्दिन अन्सारीलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

जबरजस्ती करणी कसूरका प्रतिवादी अन्सारीलाई नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी गरी कतारबाट पक्राउ गराएको हो ।

उनलाई एनसीबी कतार दोहाको समन्वयमा पक्राउ गरी बिहीबार नेपाल ल्याइएको र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाइने प्रहरीले जनाएको छ । उनीविरुद्ध प्रहरीले गत अप्रिल १ मा रेडककर्नर नोटिस जारी गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.