१३ वर्षीया बालिकालाई भारत पुर्याउने युवती पक्राउ

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २९, सोमबार १४:५२

काठमाडौं । १३ वर्षीय बालिकालाई भारतमा लगेर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पर्साको वीरगंन्ज महानगरपालिका वडा– १६ नगवाकी २० वर्षीया आलिया खातुनलाई पक्राउ गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार कसूरमा पक्राउ गरेको हो । प्रहरीका अनुसार सोही वडाकी १३ वर्षीया बालिकालाई लुगा किनिदिने भन्दै भारत पुर्‍याएर यौन व्यवसायमा लगाएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको एसपी गौतम मिश्रका अनुसार खातुनले बालिकालाई वैशाख २१ गते लुगा किनिदिन्छु भनेर लिएर गएको खुलेको छ । आफूले पहिलेदेखि नै बालिकालाई निगरानी गरिरहेको र नजिक हुने प्रयास गरिरहेको खातुनले बताएकी छन् ।

सुरूमा खातुनले ती बालिकालाई आफ्नो घरमा लिएर गएकी थिइन् । त्यसपछि भारतको बिहार रक्सौलको एउटा होटलमा पुर्‍याएकी थिइन् । त्यहाँ चार दिनसम्म एकै होटेलमा राखेर जबरजस्ती यौन व्यवसायमा लगाएको अनुसन्धानका क्रममा खुलेको थियो ।

बालिकाको परिवारले हराएको निवेदन प्रहरीलाई दिएपछि खोजी गर्ने क्रममा प्रहरीले बालिकालाई उद्दार गरेर खातुनलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.