
काठमाडौं । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुर्खेतबाट १ जनालाई पक्राउ गरेको छ ।
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका –३ पञ्चकोसी संगम टोलका ६० वर्षीय गगन कामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकालाई गत चैत १३ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको हो । कामीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

























