खुर्पा प्रहार गरी छोरी र भतिजाको हत्या

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २, शुक्रबार १२:०७

चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा एक व्यक्तिले आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन् ।

प्रहरीका अनुसार ४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।

खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज (शुक्रबार) बिहान मृत्यु भएको हो ।

घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको गम्भीर अवस्थामा उपचार जारी छ । घटनाको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.