इच्छाराज तामाङलाई थुनामा राख्ने आदेश सदर

Share this
641shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ४, आइतबार १९:३९

काठमाडौं । सिभिल सहकारीका पूर्वसञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा राख्ने विशेष अदालतको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीश नहकुल सुवेदी र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले विशेष अदालतको आदेश सदर गर्दै कानूनबमोजिम गर्न आदेश दिएको हो ।

सहकारी ठगीसम्बन्धी कसुर, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका तामाङले विशेष अदालतको आदेशविरुद्ध सर्वाेच्चमा निवेदन दिएका थिए ।

पूर्वसांसद तामाङमाथि सिभिल सहकारीको हजारौं बचतकर्ताको रकम हिनामिना गरेको अभियोग लागेको छ । उनीविरुद्ध लागेका मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.