स्याउ बोकेको ट्रकमा साढे सात किलो सुन

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ४, आइतबार २०:११
फाइल फाेटाे ।

काठमाडौं । चीनबाट स्याउ लिएर नेपाल आएको ट्रकबाट साढे सात किलो सुन बरामद भएको छ । आइतबार चीनको केरुङबाट नेपालमा आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको स्याउ बोकेको कन्टेनरबाट ७ किलो ६५३ ग्राम सुन बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार गाडी चालक रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ५ का २४ वर्षीय किशोर भुजेल पक्राउ परेका छन् ।

चालकको सिट नजिकै फल्स बटम बनाएर सुन राखिएको प्रहरीले जनाएको छ । घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.