श्रीमतीको हत्यापछि फरार व्यक्ति पक्राउ, १० महिने छोरी अझै बेपत्ता

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ८, बिहीबार १३:५४

विराटनगर । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका पुरुष पक्राउ परेका छन् । प्रहरीले स्थानीय हरिराम यादवलाई पक्राउ गरेको हो ।

गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो । शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि १० महिने छोरीलाई लिएर बेपत्ता भएका थिए ।

घटनाअघि श्रीमान् श्रीमतीबीच विवाद भएको पाइएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको थियो । रामहरि पक्राउ परेपनि छोरी कहाँ कुन अवस्थामा छिन् भन्ने खुलेको छैन । घटनाको अनुसन्धान र बालिकाको खोजी जारी रहेको धनुषाका एसपी नरहरी रेग्मीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.