प्रहरीले अनुसन्धान गरेका सम्पत्ति शुद्धीकरणका ७ मुद्दा अदालतमा

Share this
814shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ९, शुक्रबार २०:२२

काठमाडौं । सम्पत्ति शुद्धीकरण ऐन संशोधन भएयता प्रहरीले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ७ वटा मुद्दाको अनुसन्धान टुंग्याएको छ ।

अनुसन्धान सम्पन्न भएका मुद्दा अदालतमा दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार पत्रकार सम्मेलन गर्दै अनुसन्धान सकिएका ७ वटा मुद्दा अदालतमा दर्ता भएको जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले ३० वटा घटनाको अनुसन्धान गरेकोमा ७ वटा दर्ता भएको र बाँकी २३ वटा अझै अनुसन्धानकै चरणमा रहेको जानकारी दिए । दर्ता गरिएका मुद्दाहरूमा ३ अर्ब ७८ करोड २० लाख ९८ हजार १ सय ६४ रुपैयाँ बिगो मागदाबी भएको छ।

प्रहरीले सम्पत्ति शुद्धीकरण कसुरमा ९१ जनालाई पक्राउ गरेको छ। १ सय १४ जना फरार रहेको र खोजी जारी राखिएको थापाले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.